अपराध सुरक्षा

भारतीय प्रहरीले नेपाली युवकलार्इ पक्राउ गरी रक्साैल पुर्ययो

भारतीय प्रहरीले नेपाली युवकलार्इ पक्राउ गरी रक्साैल पुर्ययो

साउन – ४ । भारतीय प्रहरी पर्सा जिल्लाको सिमावर्ती गाउँ पर्सौनी भाठाबाट एक नेपाली युवकलाई पक्राउ गरि भारतको रक्सौल लगेको छ । सिमावर्ती बजार रक्सौल तथा भेलाहि थानाबाट आएको प्रहरीको टोलीले भाष्कर पाण्डेलाई पर्सौनी भाठास्थित उनकै घरबाट पक्राउ गरेको हो ।

भारतीय शहर रक्सौलको लक्ष्मीपुरस्थित कैम्ब्रिज पब्लिक स्कूलमा भएको गोली प्रहार काण्डमा संलग्न रहेको आशंकमा पाण्डेलाई पक्राउ गरेको भारतीय प्रहरीको भनाइ छ ।

दुइ हप्ता अघि अपराधिहरुको एक समूहले स्कुल परिसरमा गोली प्रहार गर्दा तीन जना गम्भीर घाइते भएका थिए । स्कुल व्यवस्थापनले अपराधी समूहलाइ पैसा नदिएको रिसमा गत ३ जुलाइको दिन मोटरसाइकलमा आएका दुई अपरिचित व्यक्तिले गोलीप्रहार गरेको बताइएको छ ।

घटनाको बारेमा जिल्ला प्रहरी कार्यालय पर्साले पान्डेलाइ पक्राउ गरेको जानकारी आइसकेको र घटनाकाबारेमा अनुशन्धान भइरहेको जानकारी दिएको छ ।

विशेष