अर्थ

हुलाकी राजमार्गलाई भारतको २३ करोड सहयोग

हुलाकी राजमार्गलाई भारतको २३ करोड सहयोग

 

साउन - ४ । हुलाकी राजमार्ग निर्माणका लागि भारत सरकारले २३ करोडको चेक हस्तान्तरण गरेको छ । 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आज आयोजित कार्यक्रममा सचिव देवेन्द्र कार्कीको उपस्थितिमा नेपालका लागि भारतीय राजदूत मन्जिभ सिंह पुरीले हुलाकी राजमार्ग आयोजना प्रमुख बलराम मिश्रलाई चेक हस्तान्तरण गरे । आयोजनाको ५१८ किमी सडक निर्माण गर्न बाँकी रहेकामा ३०० किमी भारतको सहयोगमा बन्नेछ भने २१८ किमी सरकारले बनाउने सम्झौता भएको थियो । 

यसअघि भारतकै सहयोगमा १०० किमी सडक निर्माण भइसकेको आयोजना प्रमुख मिश्रले जानकारी दिनुभयो । दुई सय १८ किमी सडक निर्माणका लागि यसअघि आयोजनालाई भारतले रु २५ करोड सहयोग गरेको थियो । तराईका झापादेखि कञ्चनपुरसम्मका २० जिल्लालाई जोड्ने गरी हुलाकी राजमार्ग निर्माण भइरहेको छ । 

भारतको सहयोगमा निर्माण हुने २१८ किमी सडकको लागत आठ अर्ब रहेको आयोजनाले जनाएको छ । सडक निर्माणका लागि नौ वटा ठेक्का भइसकेको छ । तीन वर्षमा हुलाकी राजमार्ग सम्पन्न हुने आयोजना प्रमुख मिश्रले बताए ।

विशेष