अपराध सुरक्षा

३० केजी चरेससहित हेटौँडाबाट ७ जना पक्राउ

३० केजी चरेससहित हेटौँडाबाट ७ जना पक्राउ

साउन - ४ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका १० बाट एपीएफ टोलीले करीव ३० केजी चरेशसहित ७ जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल नेपाल जिल्ला सुरक्षा वेस हेटौँडाबाट खटिएको एपीएफ टोलीले उनीहरुलाई स्थानीउ एक होटलबाट उक्त चरेशसहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा सोही जिल्लाको थाहा नगरपालिका ७ बस्ने बिक्रम स्याङतान, हिरा स्याङतान, रौतहटको बलरा गाँउपालिका ४ बस्ने सुरज पटेल, रौतहटकै राजपुर फरहदवा गाँउपालिका ८ बस्ने कालमा खातुन, भारतको लखनउ घर बताउने निरभय सिंह, रामगढवाका कलावतीदेवी साह र रक्सौलका मुकेश कुमार श्राव रहेका छन् ।

वेसबाट सशस्त्र प्रहरी नायव उपरीक्षक त्रिभुवन बिष्टको कमाण्डमा खटिएको एपीएफ टोलीले उनीहरुलाई विशेष सूचनाको आधारमा होटलमा चेकजाँचका क्रममा ३० पोका चरेशसहित पक्राउ गरेको हो । एपीएफको टोली उनीहरुले यातायातका लागि प्रयोग गरेको युपी १८ एइ ७४०५ नम्बरको मारुती कारसमेत रामद गरेको छ ।

चरेश नेपालबाट भारततर्फ लैजाने उद्देश्यले धादिङबाट ल्याइएको कुरा पक्राउ परेकाहरुले बताएको एपीएफले जनाएको छ । पक्राउ परेका सवैलाई बरामद चरेश र गाडीसहितै एपीएफ टोलीले आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा बुझाएको छ ।

विशेष