अर्थ

विकास निर्माणका लागि आएको १६ करोडभन्दा बढी बजेट फिर्ता

दीपबहादुर घर्ती

विकास निर्माणका लागि आएको १६ करोडभन्दा बढी बजेट फिर्ता

साउन ४ । विकास निर्माणका लागि जिल्लामा आएको बजेट यस बर्ष जाजरकोट जिल्लावाट १६ करोड भन्दा बढी बजेट फिर्ता भएको छ । नेपाल सरकारवाट प्राप्त पूँजीगत अनुदान तर्फको १६ करोड भन्दा बढी बजेट यस बर्ष जाजरकोटवाट फिर्ता भएको हो ।

सडक डिभिजन कार्यालय चौरजहारी रुकुम बाहेकका सबै सरकारी कार्यालयवाट पूँजीगत अनुदानमा हुने कामहरु सम्पन्न हुन नसकेर जाजरकोट जिल्लावाट यस बर्ष १६ करोड २५ लाख ३८ हजार ९ सय ५७ रुपैया ९१ पैसा फिर्ता भएको कोष तथा लेखा नियन्त्रण कार्यालय जाजरकोटले जनाएको छ । सडक डिभिजन कार्यालय बाहेकका सबै सरकारी कार्यालयको लागि आर्थिक बर्ष २०७३/०७४ मा स्वीकृत पूँजीगत बजेट ६३ करोड १ लाख २ हजार ३ सय रुपैया रहेको निमित्त कोष नियन्त्रक खिम थापाले जानकारी दिए । सडक डिभिजन कार्यालय बाहेका अन्य कार्यालयवाट पूँजीगत बजेट यस बर्ष जाजरकोट जिल्लामा ४६ करोड ७५ लाख ६३ हजार ३ सय ४२ रुपैया ९ पैसा मात्र खर्च भएको निमित्त कोष नियन्त्रक थापाले बताए ।

जाजरकोट, रुकुम र डोल्पा जिल्लालाई हेर्ने गरि रुकुम चौरजहारीमा स्थापना भएको सडक भिभिजन कार्यालयवाट पूँजीगत तर्फको बजेट यस बर्ष ३५ करोड ९ लाख ९७ हजार ४ सय ५२ रुपैया फिर्ता भएर गएको कालेनिका, जाजरकोटका लेखापाल समेत रहेका निमित्त कोष नियन्त्रक खिम थापाको भनाई रहेको छ । उनले दिएको जनकारी अनुसार सडक डिभिजन कार्यालय चौरजहारी रुकुमको लागि आव २०७३/०७४ मा पूँजीगत तर्फ ९२ करोड, ७ लाख ६० हजार स्वीकृत भएको थियो । यस बर्ष सडक डिभिजन कार्यालयवाट ५६ करोड ९७ लाख ६२ हजार ५ सय ४८ रुपैया मात्र खर्च भएको छ ।

सडक डिभिजन कार्यालय, चौरजहारी रुकुमका प्रमुख आशिष थापा मगरलाई टेलिफोन सम्पर्क गर्दा हाल आफु विरामी भएर बेड रेष्टमा रहेको हुदा सडकवाट यस बर्ष जाजरकोट जिल्लाको फिर्ता भएको रकमको विवरण दिन नसक्ने केहि दिन पछि आफु सञ्चो भएपछि मात्र जानकारी दिने वताए ।

त्यसैगरि चालु बजेट तर्फ यस बर्ष जाजरकोट जिल्लावाट सडक डिभिजन कार्यालय रुकुम चौरजहारी बाहेकका अन्य सरकारी कार्यालयवाट १५ करोड २० लाख ६४ हजार ६ सय २१ रुपैया फिर्ता भएको छ । आव २०७३/०७४ मा चालु तर्फको स्वीकृत बजेट ३ अरब २५ लाख २२ हजार १ सय ५७ रुपैया ३८ पैसा मध्ये यस बर्ष २ अरब ८५ करोड ४ लाख ५७ हजार ५ सय ३५ रुपैया ८४ पैसा खर्च भएको कोलेनिका जाजरकोटले जनाएको छ । त्यसैगरि सडक डिभिजन कार्यालय चौरजहारी रुकुमका लागि आव २०७३÷०७४ मा चालु तर्फको स्वीकृत बजेट १ करोड २६ लाख ८४ हजार २ सय ८१ रुपैया मध्ये यस बर्ष १ करोड १८ लाख ९० हजार ९ सय २१ रुपैया खर्च भएको छ भने, ७ लाख ९३ हजार ३ सय ६० रुपैया फिर्ता भएर गएको कोलेनिकाले वताएको छ ।

यो समाचार तयार पार्दा सम्म कोलेनिका, जाजरकोटले जिल्लाका कुनै पनि कार्यालयको नाममा आएको ख–६ (प्राप्त अख्तियारी र भएको खर्च) को विवरण दिन सकेको छैन् । चालु तथा पूँजीगत बजेटको समाचारमा समावेश गरिएका कार्यालयहरुमा जिल्ला अदालत, जाजरकोट, जिल्ला निर्वाचन कार्यालय, जाजरकोट, मुख्य निर्वाचन अधिकृतको कार्यालय, भेरी नगरपालीका, निर्वाचन अधिकृतको कार्यालय, त्रिवेणी नलगाड नगरपालिका, निर्वाचन अधिकृतको कार्यालय, छेडागाड नगरपालिका, निर्वाचन अधिकृतको कार्यालय, शिवालय गाउँपालीका, निर्वाचन अधिकृतको कार्यालय, जुनीचाँदे गाउँपालिका, निर्वाचन अधिकृतको कार्यालय, कुशे गाउँपालिका, निर्वाचन अधिकृतको कार्यालय, बारेकोट गाउँपालिका रहेका छन् ।

त्यसैगरि सरकारी वकिल कार्यालय, कोष तथा लेखा नियन्त्रण कार्यालय, घरेलु तथा साना उद्योग विकास समिति, जिल्ला कृषि विकास कार्यालय, जिल्ला पशु सेवा कार्यालय, खानेपानी तथा सरसफाई सव–डिभिजन कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय, जिल्ला कारागार, ईलाका प्रहरी कार्यालय, बारेकोट, ईलाका प्रहरी कार्यालय, दल्ली, ईलाका प्रहरी कार्यालय, रिम्ना, ईलाका प्रहरी कार्यालय, गर्खाकोट, जिल्ला वन कार्यालय, पहाडी साना किसानका लागि अनुकुलन आयोजना, जिल्ला मालपोत कार्यालय, जिल्ला नापी कार्यालय, सडक डिभिजन कार्यालय, महिला तथा बालबालिका कार्यालय, जिल्ला युवा समितिको कार्यालय, ज्वालादल गण, जिल्ला शिक्षा कार्यालय, शिक्षाका लागि खाद्य कार्यक्रम ईकाई कार्यालय, सिंचाई डिभिजन कार्यालय, जिल्ला हुलाक कार्यालय, जिल्ला समन्वय समितिको कार्यालय, दुर्गम क्षेत्र विकास समितिको कार्यालय, जिल्ला प्राविधिक कार्यालय, भेरी नगरपालिकाको कार्यालय, त्रिवेणी नलगाड नगरपालिका, छेडागाड नगरपालिका, शिवालय गाउँपालिका, जूनीचाँदे गाउँपालिका, कुशे गाउँपालिका, बारेकोट गाउँपालिका, जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला आर्युवेद स्वास्थ्य केन्द्र र जिल्ला अस्पताल जाजरकोट रहेका छन् ।

विशेष