अपराध सुरक्षा

तीन छोरी र ज्वाईं मिलेर हत्या, सेतो कपडाले छोपिएको अवस्थामा फेला प-यो शव

तीन छोरी र ज्वाईं मिलेर  हत्या, सेतो कपडाले छोपिएको अवस्थामा फेला प-यो शव

५ साउन । पूर्वी चितवनको कालिका नगरपालिकास्थित पदमपुरमा एक पुरुषको धारिलो हतियार प्रहार गरी हत्या भएको छ । चितवनका प्रहरी उपरीक्षक दीपक थापाका अनुसार कालिका नगरपालिका–२ स्थित पदमपुरका ५० वर्षीय भुमिनन्द दुलालको बुधबार यसरी हत्या भएको हो । 

घटनाको प्रारम्भिक अनुसन्धानमा उनका छोरीहरु अञ्जना दुलाल, बेलकुमारी दुलाल, अप्सरा दुलाल र ज्वाई टेकबहादुर बुढासहितका व्यक्तिको संलग्नता देखिएको पाइएकाले उनीहरुलाई पक्राउ गरिएको थापाको भनाइ छ । उनको आफ्नै घरभित्र धारिलो हतियार प्रहार गरी हत्या गरिएको हो । मृतक दुलालको टाउकोलगायत शरीरका विभिन्न अंगमा धारिलो हतियार प्रयोग भएको पाइएको प्रहरीले जनाएको छ । 

उनीहरुले घटना दिउँसो गराए पनि प्रहरीले भने साँझ ५ बजेमात्रै थाहा पाएको थियो । शव सेतो कपडाले छोपी राखेको अवस्थामा फेला पारिएको थियो । उनीहरुले विगतमा पनि मदिरा पिएर झगडा गर्दै आएको पाइएको र अहिले पनि पारिवारिक झगडाका कारण घटना भएको स्थानीयको भनाइ उद्धृत गर्दै प्रहरी उपरीक्षक थापाले जानकारी दिनुभयो । अंशसम्बधीको विवादमा घटना भएको प्रहरीले जनाएको छ । मृतकको शव परीक्षणका लागि अहिले भरतपुर अस्पतालमा राखिएको छ ।

विशेष