अपराध सुरक्षा

कलेज ईन्ट्रान्समा नाम निकालिदिने भनी रकम उठाउने पक्राउ

कलेज ईन्ट्रान्समा नाम निकालिदिने भनी रकम उठाउने पक्राउ

साउन - ५ । कलेजले लिने इन्ट्रान्स परीक्षामा नाम निकाली दिन्छु भनि ठगी गर्ने एक जनालार्इ प्रहरीले पक्राउ गरेको छ । ललितपुरस्थित पुल्चोक इन्जिनियरिङ कलेजकाे इन्ट्रान्स परीक्षामा नाम निकाली दिने लाेभ देखाइ पैसा असुली गर्ने देव शर्मालार्इ प्रहरीले प्रकाउ गरेकाे हो । 

नयाँ भर्ना हुन अाउने विद्यार्थीबाट रकम उठाउने कार्यमा संलग्न ललितपुर पुल्चोक बस्ने मोरङ, रंगेली गाउँपालिका–८ का २५ बर्षीय शर्मालाई मंगलबार प्रहरीले पक्राउ गरेको हो । शर्माले उक्त कलेजमा भर्ना हुन आउने विद्यार्थीहरुलाई ईन्ट्रान्स परीक्षामा नाम निकाली दिन्छु भनि जनही ३ लाख रुपैयाँ लिने गरेकाे प्रहरीले जनाएकाे छ ।

विशेष