अर्थ

सडक विस्तारको जिम्मा पाएका ठेकेदारहरुलाई कामै नगरी करोडौं भुक्तानी

सडक विस्तारको जिम्मा पाएका ठेकेदारहरुलाई कामै नगरी करोडौं भुक्तानी

साउन ५ । काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले ठेकेदार कम्पनीलाई कामै नगरी करोडौं रुपैयाँ भुक्तानी दिएको छ।

मापदण्डविपरीत बनेका संरचना नहट्दै आयोजनाले सडक विस्तार ठेक्का लगाएर ठेकेदारलाई करोडौं रकम भुक्तानी गरेको हो। आयोजनाले युनाइटेड बिल्डर्स, दिवारशैलुङ जेभी, आशिषरसिएम जेभीलगायत ठेकेदार कम्पनीलाई सडकको कामै नगरी ११ करोड २४ लाख १० हजार रुपैयाँ भुक्तानी गरेको छ।

काठमाडौं उपत्यका सडक विस्तार आयोजना विस्तारित सडक तथा पुलहरुको प्रगति विवरण शीर्षकको प्रतिवेदनमा उनीहरुले जिम्मा पाएका सडकको भौतिक प्रगति शुन्य उल्लेख छ। आयोजनाले युनाइटेड बिल्डर्स निर्माण कम्पनीलाई चाबहिल(वाग्मती पुलसम्म ३।६ किलोमिटर सडक विस्तारको जिम्मा २०७२ असोज १३ गते दिएको थियो।

कम्पनीले सम्झौताअनुसार २०७४ फागुन १४ गते निर्माण सम्पन्न गरिसक्नुपर्छ। तर, अहिलेसम्म कामको प्रगति शुन्य छ। सडकको अवस्था असारे खेतजस्तो छ। कामै नगरीकन पनि निर्माण कम्पनीलाई ४ करोड ३७ लख रुपैयाँ भुक्तानी दिइएको छ। यस्तै अन्य कम्पनीहरुले पनि कामै नगरी करोडौं भुक्तानी पाएका छन्।

नागरिक दैनिक

विशेष