अपराध सुरक्षा

ठगी धन्दामा नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष तिलक मल्ल पनि मुछिए

ठगी धन्दामा नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष तिलक मल्ल पनि मुछिए

साउन ७ । जापान मान्छे पठाइदिन्छु भन्दै दुई करोडभन्दा बढी रकम ठगी गर्ने प्रकरणमा पत्रकार महासंघ जापानका पूर्व अध्यक्ष तिलक मल्लको संलग्नता देखिएको छ। जापानमा आकर्षक रोजगार लगाइदिने भन्दै गोविन्दप्रसाद तिवारी नेतृत्वको गिरोहले नेपालमा दुई करोडभन्दा बढी रकम असुलेको थियो। उनीहरुले प्रतिव्यक्ति ४० लाखसम्म असुलेर गायब भएका थिए।

जापान बस्दै आएका तिवारी र मल्लको गिरोहले आकर्षक रोजगारीको प्रलोभनमा पारी रकम संकलन गरेको थियो। टोकियोमा बसेर गिरोहले काठमाडौंमा पैसा असुल्ने जिम्मेवारी सुदर्शन मल्ललाई दिएको थियो। बैंक, मनि ट्रान्सफरमार्फत् सुदर्शनले पैसा संकलन गरेका थिए।
सुदर्शन तिलक मल्लका छोरा हुन् । मल्लले ठगी प्रकरणमा छोरालाई लगाएर पैसा संकलन गरेको स्वीकारेका छन् ।
‘मैले छोराको अकाउन्ट दिएको हो । छोराको नाममा पैसा गएको सत्य हो’, ठगी प्रकरणको समाचार प्रकाशित भएपछि कुराकानी गर्दै उनले भनेका छन् ।
गिरोहले २०७० सालदेखि नै जापानमा रोजगार लगाइदिने भन्दै ठगेको पाइएको छ । २०७० सालमा कल्पना थापालाई २० लाख रुपैयाँ ठगेका थिए। जापान जान नपाएपछि उनले त्यतिबेलै प्रहरीमा उजुरी गरेकी थिइन्। त्यसपछि तिवारी पक्राउ त परे तर केही दिनमै छुटेर जापान जान भ्याए। त्यसयता गिरोहको कोही पनि पक्राउ परेका छैनन्।
जापानमा जापानमा मासिक तीन लाखदेखि पाँच लाख रुपैयाँसम्मको जागिरमा लगाइदिने प्रलोभनमा देखाएर उनीहरुले एकजनासँग ४० लाख रुपैयाँसम्म असुलेका थिए। मोटो रकम असुलेर जापान जान नपाएर पीडित बनेकाहरुले त्यसपछि मात्र वैदेशिक रोजगार विभाग र प्रहरीमा उजुरी गरेका हुन्। पीडितकाअनुसार दुई वर्ष अवधिमा ठगी प्रकरणका नाइके तिवारीले १९ वटा मोबाइल नम्बर परिवर्तन गरेका छन् । मल्ल गत चैत महिनासम्म पत्रकार महासंघ जापानको अध्यक्ष थिए ।
नागरिक दैनिकबाट

विशेष