अपराध सुरक्षा

ज्यान मार्ने उद्योगमा १८ वर्षदेखि फरार अभियुक्त पक्राउ

ज्यान मार्ने उद्योगमा १८ वर्षदेखि फरार अभियुक्त पक्राउ


साउन ८ । आफूलाई अपराधबाट लुकाउन लामो समयसम्म फरार भई कहिले अन्यत्र र कहिले गाउँतिर नै लुकी बसेका निरबहादुर मगर १८ वर्षपछि प्रहरीको फन्दामा परेका छन् ।

उदयपुरको रौतामाई गाउँपालिका–७ स्थायी घरभएर ज्यान मार्ने उद्योगमा फरार रहँदै आएका ५७ वर्षीय मगरलाई जिल्ला प्रहरी कार्यालयले शुक्रबार पक्राउ गरेको हो ।

प्रहरीका अनुसार १८ वर्ष अघि रौता मुर्कुची बजारमा व्यापार गर्दै आएका श्रीप्रसाद राईलाई निरबहादुरलगायतको समूहले खुकुरी तथा छुरी प्रहार गरेर सख्त घाइते बनाएपछि उनी फरार रहँदै आएका थिए ।

घाइते राईको तत्कालै मृत्यु भएपछि निरबहादुरलगायतलाई जिल्ला अदालतले ज्यान मार्ने उद्योगमा छ वर्ष कैद सजायको फैसला गरेको थियो । प्रहरीका अनुसार घटनामा संलग्नहरु अदालतको फैसलाअनुसार पक्राउ परी जेलभुक्तान समेत भइसकेको भएता पनि फरार निरबहादुर भने पक्राउ पर्न सकेका थिएनन् । तर शुक्रबार अन्यत्रबाट लुकेर घरमा आइबसेका निरबहादुरलाई प्रहरीले विशेष सूचनाका आधारमा पक्राउ गरेको हो ।

पक्राउ परेका निरबहादुरलाई अदालतको फैसला अनुसार जेल पठाउने तयारी भइरहेको प्रहरी निरीक्षक देवीप्रसाद फागु (लिम्बू) ले बताए ।

विशेष