अपराध सुरक्षा

श्रीमतीको हत्या गरी प्रहरीसमक्ष आत्मसमर्पण

श्रीमतीको हत्या गरी प्रहरीसमक्ष आत्मसमर्पण


साउन ११ । सुनसरीकोे कोशी गाउँपालिमा एक पुरुषले आफ्नै श्रीमतीको हत्या गरेका छन् ।

श्रीमती हत्या पछि भाण्टावारी प्रहरी चौकी पुगेर आफुले श्रीमती मारेको भन्दै ३० वर्षिय राम कुमार यादवले आत्मसर्मपण गरेका हुन् ।

घटनाबारे थाहा पाएपछि पुगेको प्रहरीले पश्चिम कुशाहा माइति भएकी २७ वर्षिया संगिता यादवको शव कोशीगाउँपालिका १ राजपोखरी भन्ने स्थानमा फेला परेको जनाएको छ । प्रहरी समक्ष आत्मसर्मपण गरेका यादवले ससुराली पक्षको तनावका कारण आफुले श्रीमतीको हत्या गरेको बयान दिएको सुनसरीका प्रहरी प्रमुख पोषराज पोखरेलले जानकारी दिए ।

विशेष