अपराध सुरक्षा

अर्काकी श्रीमतीसँग सुत्ने असईले तिरे ६ लाख रुपैयाँ जरिवाना

अर्काकी श्रीमतीसँग सुत्ने असईले तिरे ६ लाख रुपैयाँ जरिवाना

भोजपुर, ११ साउन । आफ्नै आँखाले आफ्नी श्रीमती परपुरुषसँग सँगै सुतिरहेको देख्दा कुन चाहिँ पुरुष चुपचाप सहेर बस्न सक्छ ? निश्चय नै कोही पनि सहेर बस्न सक्दैन । आवेगमा उसले जे पनि गर्न सक्छ ।

भोजपुर सदरमुकाममा भने एक पुरुषले आफ्नी श्रीमतीसँग रात बिताउने व्यक्तिलाई सख्त कुटपिट मात्र गरेनन्, जरिवानासमेत छेराए । थोरै होर ? ६–६ लाख रुपैयाँ । श्रीमतीसँग रात बिताउने पुरुषलाई सख्त कुटपिट गरेपछि उनी जाइलागे श्रीमतीमाथि । श्रीमतीको भने नाकै भाँचियो ।

उनकी श्रीमतीसँग रात बिताउने अरु कोही थिएनन्, जिल्ला प्रहरी कार्यालय भोजपुरकै असई देवेन्द्र फुँयाल थिए । सदरमुकाममा ती महिलाको होटल छ । सो होटलमा आउने जाने क्रममा असई फुयाँलको ती महिलासँग निकटता बढ्यो । निकटता पछि यौन सम्पर्कमा परिणत भयो ।

ती महिलाकी श्रीमान सदरमुकाम बाहिर जान्छु भनेर दिउँसो घर बाहिर निस्केका थिए । तर, उनी राति होटलमै फर्के । होटलमै उनले श्रीमती असईसँग सुतिरहेको भेटाएका हुन् ।

ती व्यक्तिले कुट्दा असईको टाउको फुटेपछि उनलाई तत्कालै सिद्धकाली हस्पिटलमा उपचारका लागि लगिएको थियो । उपचारपछि उनलाई तत्काल हिरासतमा राखिएको थियो । असई फुयाँल प्रहरी सेवाबाट अवकाश हुन लागेका छन् । उनले गल्ती नदोहो¥याउने सर्तमा सोमबार ६ लाख रकम दिएर मिलापत्र गरेका हुन् ।

 

विशेष