अपराध सुरक्षा

पतिको हत्या गर्ने पत्नी पक्राउ

पतिको हत्या गर्ने पत्नी पक्राउ

साउन - १२ । धारिलो हतियार खुर्पा प्रहार गरी अाफ्नै पतिको हत्या गरेको अारोपमा एक महिलालार्इ पनाैती प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रे जिल्लाको पनाैती नगरपालिका २ स्थित ठाडे बस्ने २६ वर्षीया लालुमाया तामाङ रहेकी छिन् । 

तामाङले घरायसी विवादमा ३१ बर्षीय पति काले भन्ने सन्तबहादुर तामाङलाई टाउकोमा खुर्पा प्रहार गर्दा उनको मृत्यु भएको थियो । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ ।

विशेष