समाज अपराध सुरक्षा

एउटै डोरीमा झुडिएर दम्पतीद्वारा आत्महत्या

एउटै डोरीमा झुडिएर दम्पतीद्वारा आत्महत्या

साउन – १२ । काभ्रेमा एक दम्पती रुखमा भुण्डिएको अवस्थामा फेला परेका छन् । धुलिखेल नगरपालिका वडा नम्बर ८, बडाल गाँउमा सेतीकाठ नामको रुखमा झुण्डिएको अवस्थामा सोमप्रसाद बडाल र मनिषा दाहाल फेला परेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिउको छ ।

बुधबार साँझमा नुहाउन जान्छु भनेर हिँडेका उनीहरु घर नजिकै सेतीकाठ भन्ने रुखमा एउटै डोरीमा पासो लगाएर झुण्डिएको अवस्थामा भेटिएको स्थानीय बताएका छन् । सोमप्रसादले केही दिनअघि मात्रै धुलिखेल नगरपालिका २, रविकी मनिषालाई कान्छी श्रीमतीको रुपमा भित्र्याएका थिए ।

घरमा जेठी श्रीमती हुँदाहुँदै मनिषालाई भित्र्याएपछि घरमा झगडा परेको र त्यही विषयलाई लिएर जेठी श्रीमती टिकादेवी बडालले अदालतमा बहुविवाहको मुद्दा दायरी गरेकी थिइन् । सोमप्रसादको जेठी श्रीमतीतर्फ एक छोरा र एक छोरी छन् ।

 

विशेष