अपराध सुरक्षा

तीन बालबालिकाको सामूहिक हत्याः ‘कुकुर सेनाको बिटमा पस्न खोज्दा तानियो’

तीन बालबालिकाको सामूहिक हत्याः ‘कुकुर सेनाको बिटमा पस्न खोज्दा तानियो’

साउन १२ । तीन बालबालिकाको सामूहिक हत्या भएको एक महिना नाघे पनि अनुसन्धान टुंगिएको छैन । अरुण गाउँपालिका ३ प्याउलीमा दुई छिमेकी घरका १४ वर्षीय रञ्जीव सापकोटा, १३ वर्षीया सुष्मा फुयाल र ८ वर्षीय प्रदीप फुयाल असार १० गते साँझ रहस्यमय ढंगले हराएका थिए । त्यसको दुई दिनपछि उनीहरुको शव स्थानीय तोरण कार्कीको माछापोखरीमा डुबेको अवस्थामा फेला परेको थियो ।

गाउँपालिकाको सदरमुकामसमेत भएकोले प्याउलीमा यतिबेला निर्वाचन सुरक्षार्थ नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिसकेका थिए । नेपाली सेना बसेको रेडक्रस भवन आसपास खेल्न गएका अवस्थामा बालबालिका हराएका थिए । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पोस्टमार्टका क्रममा तीनजैजनाको मुखमा केही चुइगमलाई मुठो पारेर खाँदिएको अवस्थामा फेला परिएको थियो ।
त्यसको रिपोर्ट पनि सार्वजनिक गरिएको छैन ।

सांसद कुमारी लक्ष्मी राईले अनुसन्धानका लागि ल्याएको प्रहरीको कुुकुर नेपाली सेनाको बिटमा पस्न लागेपछि तानिएको संसदमा अभिव्यक्ति दिएकी छन् ।
–कान्तिपुर दैनिकबाट

विशेष