अपराध सुरक्षा

चोरीमा संलग्न एक पाकिस्तानी महिला पक्राउ

चोरीमा संलग्न एक पाकिस्तानी महिला पक्राउ


साउन १३ । सुनसरीको ईटहरीबाट चोरीमा संलग्न एक पाकिस्तानी महिलालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

दुई दिनदेखि ईटहरी उपमहानगरपालिका–८ बस्ने २३ बर्षीया रिना कार्कीलाई साथी बनाएर उनको घरमा बस्दै आईरहेकी पाकिस्तानको इस्लामावाद बस्ने २५ बर्षीया नेला खालिदलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।

१५ दिनका लागि नेपाल घुम्न आएकी खालिदले बेलुका सुत्ने बेलामा चिया पिउन भनि चियामा लठ्याउने औषधी प्रयोग गरी रातको समयमा चोरी गरी फरार भएकी थिईन् ।

पक्राउ परेकी खालिदको साथबाट चोरी भएको मोबाइल ३ थान, १ तोला सुन, २० तोला चाँदी, नगद ७ हजार ५ सय रुपैँया बरामद भएको प्रहरीले जनाएको छ ।

घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय ईटहरी र सिआरभी बसपार्कबाट खटिएको टोलीले खालिदलाई ईटहरी ६ स्थित बिरेन्द्र चोकबाट पक्राउ गरेको हो । पक्राउ परेकी उनलाई इलाका प्रहरी कार्यालय ईटहरीमा रखी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

विशेष