अपराध सुरक्षा

युवतीले इन्टरनेट माध्यमबाट सूचना दिएर आफूलाई उद्धार गराइन

युवतीले इन्टरनेट माध्यमबाट सूचना दिएर आफूलाई उद्धार गराइन


साउन - १३ । वैदेशिक रोजगारको लागि सिंगापुर लैजाने लागिएकी स्याङजा तनहुँकी २४ वर्षीया युवतीको दिल्लीबाट उद्धार भएको छ । बाग्लुङ घर बताउने दलालले युवतीबाट ४ लाख रुपैयाँ समेत लिएर भारतको दिल्ली लगेर होटलमा बन्धक बनाएको अवस्थामा उनको उद्धार गरिएको हो ।

दलालले भारतको नयाँ दिल्लीस्थित पहाडगञ्जमा रहेको इन होटलमा ती युवतीलार्इ नजरबन्दमा राखिएको थियो । दिल्ली होटलमा आफूलाई बन्धक बनाएको जानकारी इन्टरनेट मार्फत साउदी अरेबिया बस्दै गरेका आफ्ना फुपाजूलाई जानकारी दिएकी थिइन् । फूपाजूले सूचना पाए लगतै दिल्लीस्थित सञ्चारकर्मीलाई जानकरी दिएका थिए ।

देहरादुनस्थित हेल्प क्रस संस्था र दिल्ली प्रहरीको सहयोगमा उनलाई उद्धार गरिएको गृहका संयोजक भुमिराज भट्टराईले जानकारी दिए । युवतीको उद्धार गरिएसँगै होटल सञ्चालकलाई दिल्ली प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको छ । वैदेशिक रोजगारीको सिलसिलामा सिंगापुर लैजाने प्रलोभनमा ४ लाख बुझाएर युवती दलालसँग दिल्ली पुगेकी थिइन् । 

विशेष