अर्थ

द्वन्द्वपीडितलाई ५ करोड राहत

द्वन्द्वपीडितलाई ५ करोड राहत

 

साउन - १३ । कास्कीका द्वन्द्वपीडितलाई पाँच करोड १६ लाख २५ हजार राहत वितरण गरिएको छ ।

दशवर्षीय सशस्त्र द्वन्द्वकालमा मृत्यु भएका ६० र बेपत्ता १९ जनाका परिवारलाई चार करोड २७ लाख ५० हजार वितरण गरिएको जिल्ला प्रशासन कार्यालयका लेखा अधिकृत महेश सिग्देलले जानकारी दिए । उनका अनुसार पीडितका परिवारले पाँच पाँच लाख पाएका छन् । मृतक तथा बेपत्ता भएका परिवारका सदस्यले १० लाख पाउनुपर्नेमा पाँच लाख यसअघि नै पाइसकेका थिए ।

त्यस्तै द्वन्द्वकालमा मृत्यु भएका सेना र प्रहरीका ३९ जनाका परिवारले ५८ लाख ५० हजार पाएका छन् । उनीहरुका परिवारले यसअघि रु आठ लाख ५० हजार बुझिसकेकाले यस पटक बाँकी एक लाख ५० हजार पाएका छन् । यसरी नै हिरासत बसेका ६२ जनाले २५ हजारका दरले १५ लाख ५० हजार र विस्थापित २५ परिवारले रु २५ हजारका दरले रु छ लाख २५ हजार पाएको लेखा अधिकृत सिग्देलले बताए ।

विशेष