अपराध सुरक्षा

ठूलो आर्थिक चलखेलको आशंकामा विपी कोइराला अस्पतालमा अख्तियारको छापा

ठूलो आर्थिक चलखेलको आशंकामा विपी कोइराला अस्पतालमा अख्तियारको छापा

साउन – १३ । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ । प्रतिष्ठानले खरिद गर्न लागेको एमआरआई मेसिनमा ठूलो चलखेल भएको भन्ने उजुरका आधारमा अख्तिायरले प्रतिष्ठानमा छापा मारेको हो ।

अख्तियारको इटहरी क्षेत्रीय कार्यालयबाट खटिएको डिएसपी रमेश बस्नेत नेतृत्वको टोलीले प्रतिष्ठानमा छापापछि खरिद प्रक्रियासम्बन्धि सम्पूर्ण कागजपत्र जफत गरेको गरेको छ । आयोगले प्रतिष्ठानले एमआरआई खरिदसँगै कार्डियोलोजी र अङकोलोजी टेण्डरका फाइलहरूसमेत नियन्त्रणमा लिएको छ ।

प्रतिष्ठानबाट एमआरआई खरिद प्रक्रियाका ठूलो आर्थिक चलखेल गरेको उजुरी परेकाले सो सम्बन्धि सम्पूर्ण कागजात नियन्त्रणमा लिई अनुसन्धान प्रक्रिया अघि बढाइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग, क्षेत्रीय कार्यालय, इटहरीका प्रमुख प्रेमप्रसाद भट्टराईले जानकारी दिए ।

गत साता आयोगको क्षेत्रीय कार्यालयमा प्रतिष्ठानमा पदाधिकारीले सेटिङ मार्फत १२ करोडको उपकरणलाई करिब १८ करोडमा खरिद गर्ने प्रक्रिया अघि बढाएको भन्दै उजुरी परेपछि सो सम्बन्धि अनुसन्धान गर्न अख्तियार सक्रिय भएको हो ।

 

विशेष