अपराध सुरक्षा

‘पोर्चुगल पठाइदिन्छु’ भन्दै ठगी गर्ने पक्राउ

‘पोर्चुगल पठाइदिन्छु’ भन्दै ठगी गर्ने पक्राउ

साउन १३ । युरोपियन राष्ट्र ‘पोर्चुगल पठाइदिन्छु’ भनी ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रोल्पा जिल्ला सुनछहारी गाउँपालिका घर भइ हाल काठमाडौं, गोंगबुस्थित ‘गामा ट्राभल्स एन्ड टुर्स’ सन्चालन गरी बस्ने जय प्रकाश बूढामगर रहेका छन् ।

पोर्चुगल पठाइदिन्छु भनेर ठगी गरेको उजुरीका आधारमा महानगरीय अपराध महाशाखाकाबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । मासिक तलब रु ८० हजार दिइने भनेर विभिन्न प्रलोभनमा पारी एक व्यक्तिबाट रु १२ लाख लिइ दुबईमा दुई महिना तीन दिनसम्म राखेर दुबईबाट इराक पठाएको र इराकको एअरपोर्टमा नक्कली प्रवेशाज्ञा भएको आरोपमा उनलाई पक्राउ गरी पुनः नेपाल फिर्ता पठाएको थियो ।

नेपाल फिर्ता आएपश्चात् अभियुक्त मगरले पुनः दक्षिण अफ्रिका पठाउँछु भनी विभिन्न बाहाना र आलटाल गरी ठगी गरेको भन्दै पीडितले महाशाखामा उजुरी गरेका थिए ।

उनलाई महाशाखाको टोलीले बुधबार नयाँबसपार्कबाट पक्राउ गरी ठगी मुद्दामा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि बिहीबार महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाइएको छ ।

मगरले अन्य व्यक्तिलाईसमेत ठगी गरेको हुनसक्ने अनुमान गर्दै प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

विशेष