अपराध सुरक्षा

राधिका सुनारको हत्यामा संलग्न प्रहरी हल्दारलाई सर्वोस्वसहित जन्म कैदको फैसला

दीपबहादुर घर्ती

राधिका सुनारको हत्यामा संलग्न प्रहरी हल्दारलाई सर्वोस्वसहित जन्म कैदको फैसला

साउन - १५ । भेरी नगरपालिका–४ कि राधिका सुनारको हत्यामा संलग्न प्रहरी हल्दार कमल सुनारलाई जिल्ला अदालतले सर्वोस्व सहित जन्म कैदको फैसला गरेको छ । गोविन्द महरको जाहेरीले जबरजस्ती करणी सहित कर्तव्य ज्यान मुद्धा लागेका कमल सुनारलाई आईतवार माननीय जिल्ला न्याधीश लिलाराज अधिकारीको ईजलासले सर्वोस्व सहित जन्म कैदको फैसला गरेको हो ।

कमल सुनार जबरजस्ति करणी अभियोगवाट सफाई पाएको भएता पनि कर्तव्य ज्यानमा सर्वोस्व सहित जन्म कैदको फैसला भएको माननीय जिल्ला न्याधीश लिलाराज अधिकारीले जानकारी दिए ।

गत माघ २२ गते पासागाड खोलामा खुकुरी प्रहार गरी राधिका सुनारको हत्या भएको थियो । लामो समय सम्मको प्रहरी अनुसन्धान पछि जिल्ला प्रहरी कार्यालयको मुद्धा फाँटमा कार्यरत प्रहरी हल्दार कमल सुनार विरुद्ध गोविन्द महरको जाहेरीले जबरजस्ती करणी सहित कर्तव्य ज्यान मुद्धा गत फागुन २० गते जिल्ला अदालतमा मुद्धा दर्ता भएको थियो ।

विशेष