राष्ट्र बैंकसँग कति सुन छ ? बैंककै अधिकारीहरुलाई थाहा छैन
साउन १५ । कुनै पनि मुलुकमा सबभन्दा धेरै सुन केन्द्रीय ब्यांकसँग हुन्छ । केन्द्रीय बैंकले मुद्रा निष्कासन गर्दा सुरक्षणका रुपमा निश्चित परिमाणमा सुन राख्नु पर्ने हुन्छ । त्यसैगरी तस्करीबाट भित्रिने सुन बरामद भएपछि केन्द्रीय बैंकले नै खरीद गर्छ । हाम्रो केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकसँग कति सुन छ त ?
बैंकका प्रवक्ता नरबहादुर थापा त्यसको वास्तविक आँकडा आफूसँग नरहेको बताउँछन् । राष्ट्र बैंकका मुद्रण व्यवस्थापन विभागका कार्यकारी निर्देशक भुवन कँडेलले पनि राष्ट्र बैंकमा कति सुन छ भन्ने यकिन नभएको बताए । ‘मुद्रा निष्कासन गर्दा पहिलो सुरक्षणका लागि सुन राख्नु पथ्र्यो, अब सुन मात्र राख्नु पर्दैन । त्यसका लागि विदेशी मुद्रा पर्याप्त छ’ कँडेल भन्छन्, ‘अहिले धेरै सुन चाहिँदैन ।’
राष्ट्र बैंकले नोट छाप्दा सुरक्षणका लागि राख्ने सुन मात्र होइन, तस्करीबाट भित्रिने क्रममा बरामद भएको सुन पनि गालेर उसले २.५ ग्राम, ५ ग्राम र १० ग्रामका सिक्क निकाल्ने गर्छ ।
हिमाल खबर पत्रिकाबाट