अपराध सुरक्षा

बजारमा सेक्स बमको बिगबिगी, के हो सेक्स बम

बजारमा सेक्स बमको बिगबिगी, के हो सेक्स बम


अहिले बजारमा ‘सेक्स बम’को निकै चर्चा भइरहेको छ । धेरैलाई अचम्म लाग्न सक्छ ‘सेक्स बम’ भन्ने सुन्दा । सेक्सको पनि बम हुन्छ र भन्ने धेरै प्रश्नहरु सामाजीक सञ्जालमा भेटिन्छन् । आखिर के हो त ‘सेक्स बम’?अहिले नेपालमा अपराधको नयाँ शैलि रुपमा देखा परेको ‘सेक्स बम’ निकै खतरनाक हुन थालेको छ ।

केहो सेक्स बम ?

यहाँ सेक्स बमलाई साङकेतिक रुपमा प्रयोग गरेर खास गरि युवतीहरुले आफ्नौ यौबनको लोभ देखाएर गर्न थालेका अपराधलाई ब्याख्या गरिएको हो । युवतीहरुले अलि सम्पन्न पुरुषहरुलाई खोजी खोजी आफ्नो यौबनको जालमा पारेर आर्थिक लाभ लिने गरेका धेरै उदाहरणहरु भेट्न सकिन्छ । पछिल्लो समय केही युवतीहरुले आफ्नो यौवनको लोभ देखाएर लुटपाट,हत्या र अपहरण समेत गर्ने गरेका छन् । सामाजिक सञ्जालहरुमा यस्ता हर्कतहरुलाई सेक्स बमको रुपमा ब्याख्या गर्न थालिएको छ ।

कस्ता छन् त घटना ?

भखैरै मात्र दाङमा एक युवतीले आफ्नो यौबनमा फसाएर एक ब्यापारीको अपहरणपछि हत्या गरेकी छिन् ।व्यापारीलाई प्रेमजालमा फसाएर अपहरण गरी हत्या गर्ने युवती पक्राउ पक्राउ पनि परेकी छिन् । तुलसीपुरका व्यापारी राजकुमार श्रेष्ठको अपहरण र हत्यामा संलग्न भएको आरोप लागेकी युवती पुजा घर्तीमगरलाई प्रहरीले पक्राउ गरेको हो । उनीसँगै घटनाका मुख्य योजनाकार पूजाका पिता टीकाराम घर्ती र मानबहादुर भण्डारी पनि पक्राउ परेको प्रहरीले पुष्टि गरेको छ ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय, दाङको विशेष टोलीले घटनाका मुख्य अभियुक्तहरु तुलसीपुर–६ बस्ने टीकाराम घर्ती, उनकी छोरी पूजा घर्ती र मानबहादुर भण्डारीलाई पक्राउ गरेको हो ।जेठ २६ गते अपहरणमा परेका श्रेष्ठको शव प्रहरीले असार १६ गते सल्यानको छत्रेश्वरी गाउँपालिका वडा नम्बर ४ मा पर्ने झिम्पेको जंगलमा फेला परेको थियो ।

अपहरणपछी हत्या गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरिसकेको छ । राजकुमारलाई पुजाले फोन गरी अपहरण गरेको प्रहरीले दावी गर्दै आएको छ ।
फेमिना चापागाई नामकी एक युवतीले आफ्नो यौबनको जालोमा पारेर पाँच वटा सम्म बिहे गरेको र करौडौ रुपैया ठगि गरेको भन्दै पक्राउ परेकी थिइन् । झापाको थपलिया थरको एउटा परिवारसँग छैठौ पटक बिबाह गरेपछि बिस्तारै उनको यौबनको जालो फाट्न थाल्यो । छैठो बिबाह गरेर उक्त परिवारको पनि आधाउधी सम्पती सकिएपछि उनको असली रुपमा परिवारले थाहा पाएर प्रहरीलाई उजुरी गरेको थियो । त्यसपछि सामाजीक सञ्जाल र सञ्चारमाध्यममा यो कुराले निकै चर्चा पायो । फेमिना चापागाई नामले चिनिएको उनको बास्तबिक नाम बिद्या सरकार भएको तथ्य समेत खुल्यो ।

आफु नेपालको राजपरिवार र ठुला राजनैतिक दलको शक्तिकेन्द्र सँग नजिक रहेको भन्दै उनले आफ्नो यौबनमा जो कोहीलाईपनि डुवाउन सक्ने क्षमता राख्थिन । यसैगरि मोरङको पथरीको जङगलमा एक महिलाको शब बेबारिसे अबस्थामा फेला परेको थियो । पछि प्रहरीले अनुसन्धान गर्दे जादा फेला प¥यो ति महिला धेरै ब्यापारीहरुसँगको गोप्य सम्बन्ध । उनी बिबाहीत भएपनि उनको यौबनमा प्यास मेटाउनेहरुको निकै लामो लिष्टनै तयार भएको थियो ।
ती महिला कसरी मृत फेला परिन त भन्ने बिषयमा पछि भेद खुल्यो । ती महिलासँग एक जग्गा ब्यापारीको आर्थिक कारोबार बिग्रीएपछि घटनाले अर्को रुपम लिएको प्रहरीको प्ररम्भिक अनुसन्धानले देखाएको छ । घटनाको अनुसन्धान र मुद्धा अदालतमा पेश भएको यस घटनामा मुछिएका ब्यक्तिहरुको परिचय गोप्य राखिएको छ ।

झापामा पनि यस्तै एउटा घटना भएको छ । बिबाहित महिला,घरमा छोरा छोरी दुख नगरि खान पुग्ने एक परिवारकी बुहारीले आफु अपहरणमा परेको भन्दै घरमा फोन गरिन ।परिवारमा तनाब भयो,घटनाको अनुसन्धान हुदै गयो । प्रहरीले अनुसन्धान गर्दे जाँदा अपहरणमा परेकी ति महिला त सिराहाको लालबन्दिमा रहेको एक होटलमा एक पुरुषसगँ आफ्नो यौबन साट्दै गर्दा समात्यो । घटनाकी पात्र बबिता बस्नेत र उनका यौबनको प्यास मेट्ने ब्यक्ति बिष्णु गौतम अहिले अदालतमा मुद्धा खेपि रहेका छन् ।

किन हुन्छ यस्तो ?

समाजशास्त्री डा. चैतन्य मिश्रले यो समाजमा मुल्य र मान्यता गुम्दै गएको र समाजमा अनुशासनहिनता मौलाउन थालेकाले समाजमा यस्ता बिकृतरुपहरु देखा पर्न थालेको उनले बताए । समाजमा पश्चिमा देशहरुबाट आएको बिलाशी जिबन शैलीको सिको र च्यानलहरुमा आउने सिरीयलहरुको प्रभाबले समाज भत्कन थालेको उनको भर्नाइ छ । समाजीक अनुसासन र मर्यादाको बिषयमा चर्चा हुनु पर्ने उनको भनाई छ ।

कसरी जोगिने सेक्स बमबाट ?

अपरिचित युवती वा युवासँग समाजकि सञ्जालहरुमा नजोडिने
आफ्ना ब्यक्तिगत र पारीवारीक कुराहरु सकभर अरुलाई नभन्ने
बिबाहीत पुरुष वा महिलालेले आफ्नो परिवार भित्रै सुख खोज्ने
आर्थिक कारोबार गर्दा सकभर परिवारका सदस्यहरुर्लाइ जानकारी दिएर गर्ने
कुनै महिला वा पुरुषको रुपको पछि नलाग्ने
संकास्पद ब्यबाहार लाग्न थाले सम्बन्ध टाढा राख्ने
यौन सम्बन्धि कुराहरुमा सधै सर्तक रहने ।

विशेष