अपराध सुरक्षा

नेपाल प्रहरीमा उच्चपदस्थ अधिकृतको बढुवाको बाटो खुल्यो, उजुरी सुन्ने समितिद्वारा बढुवा समितिकै सिफारिस सदर

नेपाल प्रहरीमा उच्चपदस्थ अधिकृतको बढुवाको बाटो खुल्यो, उजुरी सुन्ने समितिद्वारा बढुवा समितिकै सिफारिस सदर

साउन १६ । नेपाल प्रहरीको उच्चपदस्थ अधिकृतको बढुवाका लागि बाटो खुलेको छ । उजुरी सुन्ने समितिले बढुवा समितिकै सिफारिस सदर गरेकाले अब केही दिनमै सिफारिसमा परेकाहरु बढुवा हुनेछन् ।

नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी), नायब महानिरीक्षक (डीआईजी) तथा वरिष्ठ उपरीक्षक (एसएसपी) बढुवा सिफारिसमा असन्तुष्टि जनाउँदै उजुरी परेको थियो । एआईजी सिफारिसप्रति असन्तुष्टि जनाउँदै डीआईजी मधु पुडासैनी, डीआईजी बढुवा सिफारिसउपर एसएसपी सुभाष चौधरी तथा एसएसपी बढुवा सिफारिसउपर एसपी विभूतिराज पाण्डेले उजुरी दिएका थिए । उनीहरुले जुनियरलाई बढुवा सिफारिस गरेर आफूहरूलाई छुटाइएको भन्दै उजुरी गरेका थिए । तर, आइतबार बसेको उजुरी सुन्ने समितिको बैठकले उजुरीकर्ताको दाबी नपुगेको निष्कर्ष निकाल्दै बढुवा समितिकै सिफारिस सदर गरेको हो ।

उजुरी सुन्ने समितिको अध्यक्षमा लोकसेवा आयोगका अध्यक्ष र सदस्यमा सरकारका मुख्यसचिव र कानुन सचिव रहने प्रावधान छ । हाल लोकसेवा आयोगल अध्यक्षमा उमेश मैनाली, मुख्यसचिव राजेन्द्रकिशोर क्षत्री र कानुनसचिव कमलशाली घिमिरे छन् । प्रहरी नियमावली–२०७१ मा बढुवा सिफारिसउपर चित्त नबुझे आफ्नो दाबीसहित उजुरी गर्न सक्ने प्रावधान छ । तर, उजुरी सुन्ने समितिलाई नम्बर हेरफेर गर्न सक्ने अधिकार छैन । त्यसैले सिफारिस बदर हुने सम्भावना अत्यन्तै न्युन रहन्छ ।

३० साउनमा बसेको बढुवा समितिको बैठकले एआईजीमा ११, डीआईजीमा १५ र एसएसपीमा २५ जनालाई बढुवा सिफारिस गरेको थियो । एसपी र डिएसपी बढुवा सिफारिसउपर भने उजुरी परेको थिएन ।

अब एआईजी हुने डीआईजीहरु

बमबहादुर भण्डारी, जयबहादुर चन्द, देवेन्द्र सुवेदी, पशुपति उपाध्याय, केशरीराज घिमिरे, मावधप्रसाद जोशी, विजयलाल कायस्थ, कमलसिंह बम, मिङमार लामा, रणबहादुर चन्द र विजयकुमार भट्ट

डीआईजी हुने एसएसपीहरु
सर्वेन्द्र खनाल, रमेश खरेल, पुष्कर कार्की, उत्तम कार्की, भोगबहादुर थापा, पुष्करलाल जोशी, पवनप्रसाद खरेल, छविलाल जोशी, मनोज न्यौपाने, ज्ञानविक्रम शाह, ठुले राई, शरद् चन्द, धीरु बस्नेत, पुष्पचन्द्र रञ्जित र सुरेशविक्रम शाह

एसएसपी हुने एसपीहरु
शैलेश थापा क्षेत्री, नीरजबहादुर शाही, प्रद्युम्नकुमार कार्की, हरिबहादुर पाल, वीरेन्द्र श्रेष्ठ, लोकेन्द्रबहादुर मल्ल, घनश्याम अर्याल, गणेशबहादुर ऐर, पुरुषोत्तम कँडेल, विश्वराज पोखरेल, प्रकाशजंग कार्की, वसन्तकुमार पन्त, सञ्जयराज शर्मा छन् । यसैगरी, ईश्वरबाबु कार्की, दिलीपकुमार चौधरी, राजेशकुमारलाल कर्ण, देवबहादुर बोहरा, धीरजप्रताप सिंह, उत्तमराज सुवेदी, वसन्तकुमार लामा, दिवेश लोहनी, सौरभ राणा, रामकृपाल शाह, उमेश रञ्जितकार र रवीन्द्रकुमार धानुक

विशेष