अपराध सुरक्षा

१२ वर्षीया बालिकालाई जबर्जस्ती करणी गर्ने पक्राउ

१२ वर्षीया बालिकालाई जबर्जस्ती करणी गर्ने पक्राउ

असार २० । लमजुङमा १२ वर्षीया बालिकालाई जबर्जस्ती करणी गर्ने एक युवालाई प्रहरीले पक्राउ गरेको छ ।

सुस्त र अपाङ्गता भएकी १२ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा नुवाकोटका २९ वर्षीय रेशम तामाङलाई प्रहरीले पक्राउ गरेको हो । तामाङले बेँसीसहर–१ मा बस्दै आएकी बालिकालाई सोमबार बिहान जबर्जस्ती करणी गरेका हुन् ।

घटनास्थलबाटै पक्राउमा परेका तामाङले जबर्जस्ती करणी गरेको स्वीकार गरेको प्रहरी नायब उपरीक्षक समिरचन्द्र खरेलले बताए । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रनाउ खरेलले बताए ।

विशेष