अपराध सुरक्षा

चोरीका सामान सहित पक्राउ

चोरीका सामान सहित पक्राउ

असार - २१ । चाेरीका सामानसहित प्रहरीले एकजनालार्इ पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रे, चौरीदेउराली गाउँपालिका–२ का १८ वर्षीय राजन प्रधान रहेका छन् ।

प्रधानलार्इ प्रहरीले  काभ्रे, बनेपा नगरपालिका–१ स्थित उनकै कोठाबाट मंगलबार पक्राउ गरेको हो । काठमाडौं महानगरपालिका–३२ जडिवुटीस्थित असिम प्रधानको ड्रिम्सवोल्ड हेल्मेट स्टिकर हाउसबाट चोरी गरेका सामान सहित उनी पक्राउ परेका हुन् ।

सो हाउसले चाेरी भएको उजुरी दिएका अाधारमा चोरको खाेजीमा खटिएको प्रहरीको टाेलीले चोरीका सामान सहित पक्राउ गरेको हो । प्रधानको साथबाट ६६ थान हेल्मेट, मोटरसाइकलमा प्रयोग हुने ८ थान टायर, २४ थान ट्युवलेस लिकुइट बरामद भएको प्रहरीले जनाएको छ ।

विशेष