बैंकिङ

विद्युतीय सवारी किन्दा ८० प्रतिशतसम्म अटो लोन पाइने

विद्युतीय सवारी किन्दा ८० प्रतिशतसम्म अटो लोन पाइने

असार – २५ । विद्युतीय सवारी किन्ने ग्रहकले बैंकहरुबाट ८० प्रतिशतसम्म अटो ऋण पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले आइतबार गरिएको मौद्रिक नीतिमा विद्युतीय सवारीका लागि बैंकरुहले गाडीको मूल्यको ८० प्रतिशतसम्म ऋणका रुपमा प्रवाह गर्न सक्ने ब्यवस्था गरेको जानकारी दिएको हो ।

अब भने विद्युतीय सवारी किन्नेले बैंकहरुबाट २० प्रशितशत डाउनपेमेन्ट गरेपछि सवारी किन्न सक्नेछन् । यसअघि विद्युतीय सवारीमा यस्तो विशेष ब्यवस्था गर्ने प्रचलन थिएन । विद्युतीय सवारीलाई प्रवर्द्धन गर्न राष्ट्र बैंकले यस्तो ब्यवस्था गरेको हो ।

यसका साथै राष्ट्र बैंकले अन्य सवारीका लागि भने मूल्यको ६५ प्रतिशतसम्म अटो लोन दिन सक्ने नयाँ ब्यवस्था गरेको छ । यसअघि अटो लोनको सीमा गाडीको मूल्यको ५० प्रतिशत थियो ।

विशेष