बैंकिङ

११७ सहकारी संस्था दर्ता, १२ को दर्ता खारेज

११७ सहकारी संस्था दर्ता, १२ को दर्ता खारेज

 

असार - २४ । सहकारी डिभिजन कार्यालयमा चालु आर्थिक वर्षमा ११७ वटा नयाँ सहकारी संस्था दर्ता भएका छन् ।

चालु आवमा सिरहामा ५८ र सप्तरीमा ५९ वटा नयाँ सहकारी संस्था थपिएको कार्यालयका सूचना अधिकारी प्रकाश योङ्गहाङ्गले जानकारी दिनुभयो । उनका अनुसार योसँगै अब सिरहामा सहकारी संस्थाको सङ्ख्या ६७७ पुगेको छ भने सप्तरीमा ७२८वटा छ ।

दर्ता भएर लामो समयसम्म कुनै कारोबार नगर्ने सिरहा र सप्तरीको १२ वटा सहकारी संस्थाका दर्ता खारेज भएको छ । दर्ता भएको १० वर्षभन्दा बढी समयसम्म पनि कुनै कारोबार नगरेको भन्दै कार्यालयले सिरहाको पाँच र सप्तरीको सातवटा सहकारी संस्थाका दर्ता खारेज गरेको हो ।

गत आर्थिक वर्षमा पनि सो कार्यालयले सिरहाको दश र सप्तरीको १६ वटा गरी २६ वटा सहकारी संस्थाको दर्ता खारेज गरेको थियो । दर्ता गराएर पनि लामो समयसम्म कुनै कारोबार गरेको नदेखाएकाले ती सहकारी संस्थाको दर्ता खारेज गरिएको कार्यालय प्रमुख रामप्रसाद सुवेदीले जानकारी दिए । उक्त कार्यालयले सिरहा र सप्तरीलाई कार्यक्षेत्र बनाएर काम गर्दै आएको छ । 

विशेष