अर्थ

स्थानीय तहको पहिलो बजेट आज

स्थानीय तहको पहिलो बजेट आज


असार २५ । स्थानीय तहले आफ्नो बजेट आज सार्वजनिक गर्दैछन् । व्यवस्थापिका संसदमा अर्थ मन्त्रालयले पेस गरेजस्तै प्रमुख वा तोकिएको व्यक्तिले बजेट प्रस्तुत गर्नेछन् ।

वर्षभरि हुने चालु खर्च, पुँजीगत खर्च, वित्तीय व्यवस्थापन, स्थानीय राजस्व तथा सरकारले दिने आम्दानीका स्रोतसहितको बजेट हुनेछ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको निर्देशनअनुसार असार २५ गते पहिलो बजेट स्थानीय व्यवस्थपिका (गाउँरनगर सभा) मा पेस गर्नुपर्ने भएको हो । ’कानुन बनिसकेका कारण अन्तरिम हिसाबले निर्दे्शिकामार्फत सबै स्थानीय तहलाई असार २५ गते बजेट पेस गर्नु भनेका हौँ,’ मन्त्रालयका सचिव दिनेश थपलियाले भने, ’केही स्थानीय तहबाहेक अधिकांशमा बजेट आज पेस हुँदैछ ।’

गाउँरनगर सभामा पेस भएको बजेट असार मसान्तसम्ममा पास गरिसक्नुपर्नेछ ।

कान्तिपुर

विशेष