अपराध सुरक्षा

आईजीपी अर्याललाई प्रश्न : के १७ वर्षीया पनि बालिका हुन्छ र ?

आईजीपी अर्याललाई प्रश्न : के १७ वर्षीया पनि बालिका हुन्छ र ?

साउन १७ । नेपाल प्रहरीको आफ्नै वेवसाइट छ nepalpolice.gov.np । नेपाल प्रहरीको केन्द्रीय प्रहरी समाचार कक्षले तयार पारेको समाचार यो वेवसाइटमा राख्ने गरिन्छ । प्रहरीले आफ्ना हरेक गतिविधि यही वेवसाइटमा राख्ने गर्छ । 

तर सो वेवसाइटले आज राखेको एउटा समाचारमा भने १७ वर्षीया बालिका लेखिएको छ । सामान्यतः १३ वर्षदेखि १९ वर्षको उमेर समुहलाई ‘टिन एज’ भनिन्छ । यसको अर्थ हो– किशोर किशोरी ।

तर, राज्यको जिम्मेवार निकाय, (जससँग मुद्धा चलाउने अधिकार पनि छ) ले नै १७ वर्षीया किशोरीलाई बालिका लेखेको छ । प्रहरीले १५ वर्ष उमेर समुहलाई मुद्धासमेत चलाउँदैन । उनीहरुको परिचय पनि गोप्य नै राख्छ । यस्तो गल्ती आगामी दिनमा नदोहो-याउने हो कि ?

आजको चौथो समाचारको जबर्जस्ती करणी गरेको अभियोगमा पक्राउ शीर्षकमा बालिकालाई किशोरी लेखिएको हो । यद्यपि, दिउँसो साढे १ बजेपछि भने त्यसलाई सच्याएर किशोरी नै लेखिएको छ । यद्यपि, सञ्चार माध्यमलाई मध्यान्ह १२ बजेको हाराहारीमा पठाइएको मेलमा भने १७ वर्षीया बालिका नै छ ।

विशेष