अर्थ

काठमाडौंमा पेट्रोलको हाहाकार यस्तो छ कारण

काठमाडौंमा पेट्रोलको हाहाकार यस्तो छ कारण


काठमाडौं । पेट्रोलियम पदार्थ ढुवानीका क्रममा हुने परिमाण क्षतिका कारण आर्थिक भार खेप्नुपरेपनि सरकारले समस्या समाधानमा पहल नगरेको भन्दै पेट्रोलियम व्यवसायीहरु फेरी आन्दोलित भएका छन् ।

व्यवसायीहरुले संघर्षका कार्यक्रम अन्तर्गत विहीबारबाट मुलुकभरका सबै इन्धन डिपो तथा विक्रि केन्द्रबाट पेट्रोलियम पदार्थ खरिद नगर्ने–नगराउने भएका छन् । पदार्थको परिमाणमा देखिएको समस्या समाधानका लागि सरकारले कुनै पहल नगरेकाले पेट्रोलियम पदार्थ खरिद नगर्ने पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसनका अध्यक्ष लिलेन्द्रप्रसाद प्रधानले जानकारी दिए ।

२९ गते भित्र पनि माग पुरा नभए ३० गतेसम्म सबै मौज्दात इन्धन बिक्री गरी ३१ गतेबाट देशैभरका पेट्रोल पम्प बन्द गर्ने बताए । भारतीय आयल कर्पोरेसनले नेपाल आयल निगमलाई उपलब्ध गराउने पेट्रोल डिपो हुँदै पम्पमा आइपुग्दा चार हजार लिटरमा पेट्रोलमा ९९ लिटर र सोही परिमाणको डिजेलमा ६० लिटर कम हुने गरेको छ ।

एशोशिएसनले आयल निगमले जारी गरेको बिजकमा उल्लेख गरिएको परिमाण अनुसारकै इन्धन प्राप्त हुनुपर्ने अन्यथा त्यसको समायोजन निगमले गर्नुपर्ने, विक्रेतालाई उपलब्ध गराउने पेट्रोलियम पदार्थको परिमाण र गुणस्तर नापतौल विभागले समेत प्रमाणित गरेको हुनुपर्ने लगायत माग अघि सारेको छ

विशेष