अर्थ

हेलिकोप्टर किन्न सेनाले माग्यो ६६ करोड

हेलिकोप्टर किन्न सेनाले माग्यो ६६ करोड

काठमाडौं । नेपाली सेनाले हवाइजहाज र हेलिकोप्टर किन्न थप ६६ करोड माग गरेको छ ।

यसअघि नै ८ अर्ब रुपैयाँ निकासा पाइसकेको सेनाले अर्थ मन्त्रालयसँग थप रकम मागेको हो। रक्षासचिव श्रीधर सापकोटाका अनुसार एउटा हवाइजहाज फिक्स्ड विङ दुई एमआई १७ हेलिकोप्टर र एक विशिष्ट किसिमको भीआईपी हेलिकोप्टर किन्ने तयारी गरेको हो ।

यसका लागि पहिलेको बजेट बजार भाउ बढेका कारण अपुग हुनसक्ने भएकाले थप बजेट सुनिश्चितताका लाथि अर्थ मन्त्रालयमा प्रस्ताव पठाइको सापकोटाले बताए। गत वर्षको बजेटमै सेनालाई हवाइ सेवा विस्तारका लागि रकम विनियोजन भए पनि खरिद प्रक्रिया सुरु भएको छैन। अहिले टेण्डर आह्वान गर्नुपूर्व सेनाले रक्षामन्त्रालयमार्फत सेनाले थप रकम मागेको हो। ‘यो अवधिमा मूल्यवृद्धि भएअनुसार थप रकम मागेको हो’, रक्षासचिव सापकोटाले भने ।

उनले पहिल्यै बजेट स्वीकृत भएको र हाल टेण्डर गर्दा सामानको भाउ बढेकाले सोहीअनुसारको रकम मागिएको बताए। करिब एक वर्षअघि बजेट स्वीकृत भएको थियो। तर स्रोतका अनुसार कमिसन एजेण्टको दबाबमा रकम थप्न खोजिएको हो। स्रोतका अनुसार कमिसन एजेण्टहरूद्वारा प्रधानमन्त्री शेरबहादुर देउवामार्फत रकम थप गर्न सेना, रक्षा मन्त्रालय हुँदै अर्थ मन्त्रालयमा दबाब दिइएको छ ।

कान्तिपुर

विशेष