अर्थ

बेचेको मूल्य नभन्न जग्गा धनीलाई आयल निगमको धम्की

बेचेको मूल्य नभन्न जग्गा धनीलाई आयल निगमको धम्की


काठमाडौं । नेपाल आयल निगमका उच्च अधिकारीसँगको मिलेमतोमा जग्गा किनेका एजेन्टले जग्गाधनीलाई बेचेको वास्तविक मूल्य नबताउन दबाब दिन थालेका छन् ।

चलनचल्तीको मूल्यभन्दा निकै महँगोमा जग्गा किनेर करोडौं रूपैयाँ घोटाला गरेपछि निगमले किनेको जग्गा हेर्न संसदीय समिति अनुगमनमा आउने भनेपछि बिचौलिया मार्फत आफूले बेचेको जग्गाको सही मूल्य नभन्न धम्की दिएका हुन् ।

निगमले झापामा जग्गा किन्ने क्रममा अधिकांश जग्गाधनीलाई अतिरिक्त रकम दिएर दोब्बर भन्दा बढी मूल्यको कागजातमा हस्ताक्षर गराएको खुलेको छ ।

कसैलाई पनि वास्तविक मूल्यबारे नबताउने शर्तमा राज्यकोषको लाखौ रकम खर्चेको आयल निगम नेतृत्वले सञ्चार माध्यमसँग मुख खोल्न थालेका जग्गा धनीलाई चुप बस्न भनेका छन् ।

सरकारी मूल्याङ्कन वा चलनचल्तीको भाउ भन्दा दोब्बर मूल्यमा जग्गा किनबेच भएको देखाएर करोडौं रकम घोटाला भएको आरोप खेपिरहेका आयल निगम नेतृत्वले जग्गाधनीको मुख थुन्न राज्यकोषको अतिरिक्त रकमसमेत खर्चेको हो ।

जग्गा बिक्री गर्दा त्यसरी अतिरिक्त पैसा बुझेकै कारण जग्गा धनी मौन बसेका छन् । केहीले भने लामो अनुरोध पछि कुरा खोलेका छन् ।

नागरिक दैनिक

विशेष