अर्थ ओटोमोबाइल

गाडी किन्न सहज, अब ६५ प्रतिशत कर्जा बैंकले दिने

गाडी किन्न सहज, अब ६५ प्रतिशत कर्जा बैंकले दिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबार एकीकृत निर्देशन जारी गर्दै सवारी कर्जाको धितो मूल्यांकनलाई ५० प्रतिशतबाट बढाएर ६५ प्रतिशत पुर्‍याएको छ ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत सवारी कर्जालाई केही खुकुलो गर्ने नीति लिएको थियो । सोही बमोजिम राष्ट्र बैंकले निर्देशिका जारी गर्दै सवारी कर्जाको धितो मूल्यांकन बढाएको हो ।

यससँगै अब सर्वसाधारणले ३५ प्रतिशत डाउनपेमेन्टमा निजी सवारी किन्न सक्नेछन् । अर्थात गाडी किन्नलाई बैंकबाट ६५ प्रतिशत ऋण लिन सकिनेछ ।

राष्ट्र बैंकले एकीकृत निर्देशिकामार्फत नै बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने व्यक्तिगत आवासीय घरमा उपलब्ध गराउने कर्जाको सीमालाई समेत बढाएको छ । चालू आर्थिक वर्षमा लिइएको मौद्रिक नीतिअनुसार नै राष्ट्र बैंकले घर कर्जामा १ करोड रुपैयाँको सीमालाई बढाएर १ करोड ५० लाख रुपैयाँ पुर्‍याएको हो ।
नयाँ पत्रिका

विशेष