सोह्र वर्षपछि फरार अभियुक्त पक्राउ

मेलम्ची । मेलम्ची नगरपालिका–१२ बाँसबारीबाट बहुविवाह मुद्दाका फरार अभियुक्तलाई १६ वर्षपछि प्रहरीले बिहीबार पक्राउ गरेको छ ।
सिन्धुपाल्चोक जिल्ला अदालतले २०५८ सालमा बहुविवाहका कसुरमा रु एक हजार जरिवाना र एक महिना कैद सजाय सुनाइएका मेलम्ची नगरपालिका–१२ का गोकुल भट्टराईलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक नवराज ढुंगानाले जानकारी दिए । दोषी भट्टराईलाई आजै जिल्ला अदालत चौतारामा बुझाइएको छ । रासस
Sindhupalchok Arrest