अर्थ

रसुवागढी नाकामा पाँच सयभन्दा बढी मालबाहक कण्टेनर अलपत्र

रसुवागढी नाकामा पाँच सयभन्दा बढी मालबाहक कण्टेनर अलपत्र

काठमाडौं । कारोबार मूल्य तोक्ने विषयमा भन्सार कर्मचारी र व्यापारीबीच असमझदारी हुँदा पाँच सयभन्दा बढी मालबाहक कण्टेनर रसुवागढी नाकामा अलपत्र परेका छन्।

दशैंका लागि लक्षित गरी व्यापारीले ल्याएका सामानहरू नाकामै अलपत्र परेका हुन् । सरकारले चालु आर्थिक वर्षका लागि गत सालको तुलनामा राजस्व लक्ष्य वृद्धि गरेपछि भन्सारले कारोबार मूल्यमा कडाइ गर्दा असमझदारी उत्पन्न भएको हो । व्यवसायीले नै सामान नछुटाएको कर्मचारीको भनाइ छ । व्यवसायीले भने भन्सारले एउटै सामानको फरक–फरक मूल्यांकन गरेको अरोप लगाएका छन् । नाकामा तयारी पोसाक, बिजुलीका सामान, जुत्ता, कम्प्युटर पाट्र्स, फर्निचर, ब्यागलगायत व्यापारिक वस्तु रोकिएका छन् ।

भूकम्पका कारण २८ महिनादेखि तातोपानी बन्द भएपछि रसुवागढी नाकाबाट व्यापार हुन थालेको छ। चीनबाट हुने धेरैजसो आयात २०७२ मंसिरदेखि यही नाकाबाट आयात हुने गरेको छ। व्यवसायीले भन्सारको मूल्यांकन प्रक्रिया नै गलत भएको जनाएका छन् ।

नेपाल हिमालय सीमापार वाणिज्य संघका सचिव सागर घिमिरेले भन्सारको मूल्यांकन प्रक्रियामा व्यापारी असहमत भएको बताए। ‘ मूल्यांकन पारदर्शी र व्यावहारिक छैन’, उनले भने विभेदका कारण एउटै व्यापारीले लाखौं रुपैयाँ घाटा बेहोर्नुपर्ने भएको छ ।

कान्तिपुर 

विशेष