अपराध सुरक्षा

साढे ३३ किलो सुनका मालिक पन्त आबुधाबीमा पक्राउ, प्रहरी सक्रियतामा काठमाडौं ल्याइयो, सीआईबीलाई बुझाइँदै

साढे ३३ किलो सुनका मालिक पन्त आबुधाबीमा पक्राउ, प्रहरी सक्रियतामा काठमाडौं ल्याइयो, सीआईबीलाई बुझाइँदै

काठमाडौं । प्रहरीले साढे ३३ किलो सुन काण्डका मुख्य नाइके राजनप्रसाद पन्तलाई पक्राउ गरेको छ । उनलाई आबुधाबीबाट पक्राउ गरिएको हो । उनलाई सोमबार विहान काठमाडौं ल्याइएको छ । पन्त नेपाल आउन लागेको अवस्थामा आबुधाबी प्रहरीले विमानस्थलबाटै पक्राउ गरेको हो ।

नेपाल प्रहरीले पन्तलाई दुबई प्रहरीको सहयोगमा पक्राउ गर्न सफल भएको हो । एसपी किरण बज्राचार्यले पक्राउ परेका पन्तलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा बुझाइने बताइन् ।

प्रहरीले गत २१ पुसमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३३ किलो सुन बरामद गरेको थियो । सुन लिएर आएका गोपालबहादुर शाहीको साथबाट सीआईबीले ३३ किलो सुन समातेको थियो । बरामद गरिएको सुनको बजार मूल्य १५ करोड रुपैयाँभन्दा धेरै थियो । सुन लिएर आउने शाही र सुन लिन विमानस्थल पुगेका दुई जना दिलबहादुर थापा र सन्तोष काफ्ले पनि पक्राउ परेका थिए ।

 

विशेष