राजश्व अनुसन्धान कार्यालयका नासु ४५ हजार घुससहित पक्राउ

कैलाली । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, कन्चनपुर कार्यालयको टोलीले अत्तरीयाबाट २ जना कर्मचारीलाई घुससहित पक्राउ गरेको छ ।
राजश्व अनुसन्धान कार्यालय अत्तरियामा कार्यरत नायब सुब्बा राजेन्द्र साउद र कार्यालय सहयोगी टिकाराम जोशीलाई सेवाग्राहीबाट ४५ हजार रुपैयाँ लिदै गर्दा सोमबार (आज) रंगेहात पक्राउ गरिएको प्रहरी निरीक्षक अनिलकुमार उप्रेती नेतृत्वको टोलीले पक्राउ गरेको आयोगले जनाएको छ ।
nayab subba