अपराध सुरक्षा

चर्काे दबाबपछि अन्ततः श्रेष्ठ डीआईजीमा सिफारिस

चर्काे दबाबपछि अन्ततः श्रेष्ठ डीआईजीमा सिफारिस

काठमाडौं । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्रमान श्रेष्ठ अन्ततः नायव महानिरीक्षक (डीआईजी) बन्ने भएका छन् । भावी प्रहरी महानिरीक्षक (आईजीपी) को समेत दाबेदार मानिएका एसएसपी श्रेष्ठलाई बिरामी भएका कारण यसअघि डीआईजीमा बढुवा गरिएको थिएन । बिरामी भएकै कारण उनलाई डीआईजी नबनाइएको भन्दै चर्काे आलोचना भएपछि सरकारमाथि उनलाई डीआईजी बनाउन चर्काे दबाब थियो । सरकारले उनलाई बढुवा गर्न विशेष पद नै सिर्जना गरेर प्रक्रिया अघि बढाएको थियो ।

गृहले श्रेष्ठलाई प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवा सिफारिससमेत गरिसकेको छ । बढुवा समितिको भदौ ५ मा बसेको बैठकले श्रेष्ठलाई डिआईजीमा बढुवा सिफारिस गरेको हो । श्रेष्ठकै व्याचका सर्वेन्द्र खनाल, रमेश खरेल र पुष्कर कार्की यसअघि नै डीआईजी भइसकेका छन् । उनीहरु २८ फागुन २०६८ मा प्रहरी निरीक्षकको रुपमा प्रहरी सेवामा प्रवेश गरेका अधिकृत हुन् ।

श्रेष्ठ एक वर्षदेखि बिरामी छन् । गत वर्षको १५ साउनमा ब्याडमिन्टन खेल्दाखेल्दै बेहोस भएर ढलेका उनी अहिलेसम्म पनि होसमा आएका छैनन् । तर, उनको मष्तिस्क बाहेक सवै अंग सामान्य छन् ।

विशेष