अर्थ

आयल निगमको घोटालाः तीन लाख पर्ने जग्गालाई १३ लाखमा खरिद गरेको खुलासा

आयल निगमको घोटालाः तीन लाख पर्ने जग्गालाई १३ लाखमा खरिद गरेको खुलासा

झापा । नेपाल आयल निगमले इन्धन भन्डारणका लागि भन्दै झापामा किनेको जमिनमा चलेको मूल्यभन्दा तेब्बर बढी मूल्य तिरेको ठहर संसदीय समितिले गरेको छ ।

संसदको उद्योग, वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समिति मातहतको आपूर्ति उपसमितिले बुधबार मेचीनगर–१३ चारआलीस्थित जमिनको स्थलगत अनुगमन गर्दै यो ठहर गरेको हो ।

निगमले प्रदेश नम्बर–१ का लागि इन्धन भन्डारण गर्न भन्दै चारआलीमा २३ बिगाह ३ कट्ठा १३ धुर जमिन खरिद गरेको छ । स्थलगत अनुगमनकाक्रममा निगमले अस्वाभाविक मूल्यमा जग्गा खरिद गरेको पाइएको अनुगमन टोलीका सदस्य सांसद दीपक कार्कीले बताए ।

निगमले उक्त जग्गा प्रतिकट्ठा १३ लाख ५१ हजार रुपैयाँका दरले किनेको जिल्ला मालपोत कार्यालयको मोठमा उल्लेख छ । तर, जग्गाधनीले भने प्रतिकट्ठा ४ लाख ४० हजार रुपैयाँमात्र पाएको सांसद कार्कीले जानकारी दिए । अरु रकम आयल निगमले घोटाला गरेको दाबी संसदीय समितिको छ ।

अनुगमन टोलीका अर्का सदस्य रामवीर मानन्धरले निगमले प्रक्रिया मिलाएर जग्गा खरिदमा करोडौं रुपैयाँ घोटाला गरेको आरोप लगाए । ४ लाख पनि नपर्ने जग्गालाई साढे १३ लाखमा खरिद गरिएको सांसद मानन्धरले दाबी गरे

विशेष