अर्थ

बक्यौता रकम नबुझाए १५ दिनभित्र विद्युत् लाइन काटिन्छः प्राधिकरण

बक्यौता रकम नबुझाए १५ दिनभित्र विद्युत् लाइन काटिन्छः प्राधिकरण

काठमाडौ । नेपाल विद्युत् प्राधिकरणले बक्यौता महसुल बुझाउन १५ दिनको समय दिएको छ ।

लामो सयम विद्युत् महसुल नबुझाएका ग्राहकलाई १५ दिनको म्याद दिँदै प्राधिकरणले १५ दिनभित्र बक्यौता नबुझाए लाइन काट्ने जनाएको हो । अब मिटर रिडिङ भएको ६० दिनभित्र विद्युत् महसुल नबुझाए १५ दिनभित्र जुनसुकैबेला विद्युत् लाइन काटिने सूचना पनि प्राधिकरणले प्रकाशित गरेको छ ।

११ अर्ब २० करोड रुपैयाँभन्दा बढी बक्यौता उठाउन बाँकी रहेको प्राधिकरणले जनाएको छ । घाटामा रहेको विद्युत् प्राधिकरण बक्यौता रकम उठानसके नाफामा जानेछ । 

विशेष