अर्थ

भारत र नेपालको संयुक्त लगानीमा खुल्ने भयो सय वटा नमुना पेट्रोल पम्प

भारत र नेपालको संयुक्त लगानीमा खुल्ने भयो सय वटा नमुना पेट्रोल पम्प

काठमाडौं । भारतीय लगानीमा पम्प खोल्ने विषयको नेपालमा विरोध भइरहँदा भारतले आयल निगमसँगको सहकार्यमा एक सय पम्प बनाइदिने घोषणा नै गरेको छ । 

प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा रहेको बेला भारतीय पेट्रोलियममन्त्री धर्मेन्द्र प्रधानले निगमसँगको सहकार्यमा पम्प सञ्चालन गर्न इच्छुक रहेको बताए । मन्त्री प्रधानले भाषणको क्रममा निगमसँगको सहकार्यमा नेपालमा एक सय पेट्रोलपम्प खोल्ने घोषणा गरेका हुन् ।
कान्तिपुर दैनिकबाट

विशेष