अर्थ

घट्यो ग्यासको भाउ

घट्यो ग्यासको भाउ

साउन १८ । नेपाल आयल निगमले एलपी ग्यासको मूल्य घटाएको छ । ग्यासको मूल्य प्रतिसिलिण्डर २५ रुपैयाँले घटेको हो । यसअघि प्रतिसिलिण्डर १ हजार ३ सय ५० रुपैयाँ पर्ने सिलिण्डर अब १ हजार ३ सय २५ रुपैयाँमा उपलब्ध हुने निगमले जनाएको छ ।

भारतीय आयल कार्पोरेशनबाट मूल्य घटेर आएकाले नेपाली बजारमा पनि ग्यासको मूल्य घटाइएको निगमका सूचना अधिकृत सीताराम पोखरेलले जानकारी दिनुभयो । घटेको मूल्य मंगलबार मध्यरातबाट बजेबाट लागू हुनेछ ।

अन्य इन्धनको मूल्य भने यथावत रहेको निगमले जनाएको छ ।

विशेष