अपराध सुरक्षा

युवतीलाई हतियार बनाई ब्यापारी अपहरण गर्ने समूहका नाइके पक्राउ

युवतीलाई हतियार बनाई ब्यापारी अपहरण गर्ने समूहका नाइके पक्राउ


साउन १८ । महिलालाई प्रयोग गरेर व्यापारीको अपहरण गर्ने र फिरौती असुल्ने समूहका नाइके पक्राउ परेका छन् ।

केन्द्रीय अनुसन्धान ब्यूरो सीआवीको टोलीले नुवाकोट घर भई भद्रकाली बस्ने शुक्रराज तामाङलाई पक्राउ गरेको हो । ३४ वर्षीय तामाङलाई बाँसबारीबाट पक्राउ परेका हुन् ।

शुक्रराजको समूहले गत पुस ७ गते युवतीलाई प्रयोग गरेर एक ब्यापारीलाई अपहरण गरेर फिरौती असुलेको थियो । यो गिरोहले सरु केसी भन्ने आशिका परियारलाई प्रयोग गरेर ब्यापारीलाई माछापोखरीस्थित भ्यू नेपाल गेष्ट हाउसमा ल्याएका थिए ।

होटलमा आएको केही समयपछि शुक्रराजको समूह सीआईबीबाट आएको भन्दै नक्कली परिचय दिन्थे । उनीहरूले प्रहरीले जस्तै पेस्तोल बोक्ने र नक्कली हतकडीको प्रयोग गरेको देखिन्छ ।

प्रहरीका अनुसार उनी मुख्य योजनाकार हुन् । अपराधिक घटनाको योजना बनाउने उनी अपहरण गर्ने क्रममा सीआईबीको नक्कली डीएसपीको भूमिका निभाउथेँ ।
सीआईबीकी प्रवक्ता मीरा चौधरीका अनुसार यो समूह विभिन्न अपराधिक घटनामा संलग्न देखिएको छ । शुक्रराज ०५९ जेठमा भएको विकास महर्जनको हत्यामा दोषी ठहर भई २० वर्ष जेल सजाय पाएका थिए ।

Apaharan Kari Pakrau

विशेष