अपराध सुरक्षा

भरुवा बन्दुकसहित युवक पक्राउ

भरुवा बन्दुकसहित युवक पक्राउ

तेह्रथुम । तेह्रथुममा अवैधरुपमा भरुवा बन्दुक बोकेर हिडिरहेका एक युवालाई प्रहरीले पक्राउ गरेको छ । 

प्रहरीले छथर गाउँपालिका–५ का ३२ वर्षीय देवेन्द्र नेपालीलाई आज अवैध भरुवा बन्दुकसहित पक्राउ गरेको हो । सुराकीका आधारमा नेपालीलाई ओख्रेबाट भरुवा बन्दुकसहित पक्राउ गरी हिरासतमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामबहादुर ढकालले बताए । नेपालीलाई इलाका प्रहरी कार्यालय बसन्तपुरमा राखिएको छ ।

घटनाबारे थप अनुसन्धान गरी कसुर ठहर भए हात हतियार तथा खरखजाना ऐनबमोजिम कारबाही अघि बढाइने प्रहरीले जनाएको छ ।

terathum

विशेष