२४ किलो चरेससहित दुई पक्राउ

धनगढी । धनगढी उपमहानगरपालिका–८ क्याम्पस चोक क्षेत्रबाट २३ किलोग्राम लागुऔषध चरेशसहित प्रहरीले आज एकजनालाई पक्राउ गरेको छ ।
बिक्री गर्ने उद्देश्यले बोरामा चरेस राखेर लगिरहेको अवस्थामा बझाङको कडेल गाउँपालिका–५ शिवराज उपाध्यायलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक पुष्कर चन्दले बताए ।
उक्त घटनामा सोधपुछका लागि बझाङ खेपारीका १४ वर्षीय किशोर उर्मादत्त पन्तलाई समेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
dhangadhi