अपराध सुरक्षा

डीएसपी दासलाई एसपी बन्न बाटो खुल्यो, सर्वाेच्चद्वारा निलम्वन कार्यान्वयन नगर्न अन्तरिम आदेश

डीएसपी दासलाई एसपी बन्न बाटो खुल्यो, सर्वाेच्चद्वारा निलम्वन कार्यान्वयन नगर्न अन्तरिम आदेश

काठमाडौं । नेपाल प्रहरीका नायव उपरीक्षक (डीएसपी) सन्जिव शर्मा दासको निलम्वन कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको एकल इजलाशले डीएसपी दासको निलम्वन कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।

डीएसपीबाट एसपीमा बढुवा भएका दासका विषयमा सञ्चार माध्यममा समाचार आउन थालेपछि गृहमन्त्री जनार्दन शर्माले उनको बढुवा प्रक्रिया रोकी तत्काल निलम्बन गर्न प्रहरी महानिरीक्षक प्रकाश अर्याललाई आदेश दिएका थिए । प्रहरी प्रधान कार्यालयले निलम्बन गरेपछि उनी सर्वाेच्च अदालत गएका थिए । तर, सर्वोच्चले निलम्बन नगर्न अन्तरिम आदेश दिएसँगै उनलाई बढुवाको फुली लगाउने बाटो खुलेको छ ।

उनीमाथि पाँच वर्षअघि रामेछापको साविक सैपू गाविस–१ सिरिसेमा १४ वर्षीया किशोरी सुन्तली तामाङको बलात्कार र हत्या प्रकरणका मुख्य अभियुक्त श्याम राउतलाई उन्मुक्ति दिई भगाएको आरोप लाग्दै आएको छ ।

 

विशेष