ओटोमोबाइल

फक्सवागेनक २ नयाँ गाडी नेपालमा

फक्सवागेनक २ नयाँ गाडी नेपालमा


साउन १९ । नेपालका लागि फक्सवागेनको आधिकारिक वितरक पूजा इन्टरनेशनलले दुई नयाँ गाडी सार्वजनिक गरेको छ । पूजा इन्टरनेशनलले एसयूभी सिरिजको न्यू टिग्वान र पिकअप सिरिजको न्यू एमरोक सार्वजनिक गरेको हो ।

न्यू टिग्वानमा ७ स्पिड स्वचालित गियर र २.० एलटीएसआई इन्जिन रहेको छ । त्यसैगरी एमरोकमा २.० लिटर टिडिआई बाइटर्बो इन्जिन रहेको कम्पनीले जनाएको छ ।

न्यू टिग्वानमा ६ वटा एयर ब्याग, हिल स्टार्ट एसिस्ट, अटो होल्ड, अटो पार्क एसिस्ट, क्रुज नियन्त्रण, झरी र बिजुली सेन्सर लगायतका विशेषता रहेका छन् । न्यू टिग्वान सिरिजका गाडीको मूल्य ९९ लाखबाट शुरु हुने कम्पनीले जानकारी दिएको छ ।

विशेष