अपराध सुरक्षा

यौन दुराचारी प्राध्यापक पक्राउ

यौन दुराचारी प्राध्यापक पक्राउ


साउन १९ । रत्न राज्यलक्ष्मि क्याम्पस आरआरका प्राध्यापक विष्णुप्रसाद आचार्य बिद्यार्थीलाई यौन दुराचार गरेको आरोपमा पक्राउ परेका छन् ।
एमए तहमा अध्ययनरत छात्रामाथी साउन १२ गते क्याम्पसकै कक्षा कोठामा एक्लै भएको मौका छोपी यौन दुराचार गरेको आरोपमा महानगरीय प्रहरीको अपराध महाशाखाले पक्राउ साउन १८ गते बुधबार क्याम्पसबाटै पक्राउ गरेको हो ।

यौन दुराचारमा परेकि छात्राको उजुरीको आधारमा प्रहरीले प्राध्यापक आचार्यलाई पक्राउ गरेको हो । पक्राउ परेका प्राध्यपक अहिले महानगरीय प्रहरी परिसर टेकुको हिरासतमा राखिएको छ ।

कसरी भयो यौन दुराचार ?

यौन दुराचारमा परेकी छात्रा बिरामी भएर कक्षामा एक्लै बसेकि थिइन । त्यही मौका छोपी प्राध्यापक आचार्य कक्षामा प्रवेश गरेका थिए । प्राध्यपक आचार्यले ढोका थुनेर विभिन्न प्रलोभन देखाउँदै यौन दुचारको प्रयास गरेका पीडितको पक्षबाट प्रहरीमा परेको उजुरी यस्तो उल्लेख छ ।

उजुरमा उल्लखे भए अनुसार प्राध्यापक आचार्यले कक्षा कोठामा चार बजे पछाडी अन्य कोही साथी नभएको मौका छोपि छात्रालाई ‘तिमि म सँग यौन सम्पर्क राख त्यसको बदलामा तिमिलाई आवश्यक गर्ने सबै नोट उपलब्ध गराउछु, जसका लागि उचित समय मिलाएर खबर गर्नु’ भनेका थिए ।

पीडितको पक्षबाट परेको उजुरी अनुसार प्राध्यापक आचार्यले उत्त छात्रालाई यौन हिंसा जन्य उदेश्यले ‘तिमि कक्षामा अनुपस्थित हुँदा मलाई पढाउन रहर हुँदैन, म जस कारण प्राध्यापकिय प्रवाह दिन सक्दिन, जस कारण दैनिक कक्षामा आउने गर, म तिमिलाई मुटु देखि नै माया गर्छ’ इमेल समेत गरेका थिए ।

विशेष