पर्यटन

नेपाल पर्यटन पत्रकार संघ, जाजरकोटले जिल्लाको आर्थिक समृद्धीका लागि पर्यटन विकासमा जोड दिने

नेपाल पर्यटन पत्रकार संघ, जाजरकोटले जिल्लाको आर्थिक समृद्धीका लागि पर्यटन विकासमा जोड दिने

 दीपबहादुर घर्ती

साउन २१ । शुक्रवार जिल्ला सदरमुकाम खलंगामा सम्पन्न नेपाल पर्यटन पत्रकार संघ, जाजरकोट अधिवेशनले आर्थिक समृद्धीका लागि पर्यटन बिकासमा जोड दिने प्रस्ताव पास गरेको छ । आर्थिक समृद्धीको आधार कृषि, पर्यटन र उर्जा भएको ठहर गर्दै सम्पन्न प्रथम जिल्ला अधिवेशनले जिल्लाको पर्यटन विकासमा जोड दिने प्रस्ताव पास गरेको हो ।

शुक्रवार सम्पन्न जिल्ला अधिवेशनले पर्यटकीय क्षेत्रको सम्भाव्यता अध्ययन गर्ने, पर्यटन बोर्ड गठन गर्ने, बृहत पर्यटन विकासको गुरुयोजना निर्माण गर्न जिल्लाका सबै गाउँ तथा नगरपालिकालाई अनुरोध गर्ने प्रस्ताव पास गरेको छ । साथै अधिवेशनले जिल्लालाई आन्तरिक तथा बाह्य पर्यटकहरुको गणन्तव्य स्थल बनाउनका लागि सरकारी तथा निजी क्षेत्रसंग समन्वय गरेर अगाडी बढ्ने प्रस्ताव पास गरेको छ ।

अधिवेशन सफलताको लागि आर्थिक सहयोग गर्ने ब्यक्ति तथा विभिन्न संघ÷संस्था, शुभकामना दिने सम्पुर्ण जनप्रतिनीधि, सरकारी कार्यालयका प्रमुख तथा प्रतिनीधि, उद्योगबाणिज्य संघ, नेपाल पत्रकार महासंघ र पत्रकारहरुका पेशागत संगठनका प्रमुख तथा प्रतिनीधिहरुलाई अधिवेशनले हार्दिक आभार सहित धन्यवाद व्यक्त गरेको छ । त्यसै गरी जिल्ला अधिवेशनमा प्रत्यक्ष सहभागिता जनाएर अधिवेशन अबधीभर दिशा निर्देश गर्ने नेपाल पर्यटन पत्रकार संघका केन्द्रिय अध्यक्ष धनीराम शर्मालाई सम्पन्न अधिवेशनले उच्च सम्मान गर्नुका साथै हार्दिक कृतज्ञता व्यक्त गरेको छ ।

त्यसैगरी सम्पन्न जिल्ला अधिवेशनले सुरेन्द्र सिंहको अध्यक्षतामा १३ सदस्य जिल्ला समिति चयन गरेको छ । बरिष्ठ उपाध्यक्षमा बद्री पन्त, महिला उपाध्यक्षमा सपना वली, सचिवमा दीपबहादुर घर्ती मगर, सह–सचिवमा पवल शर्मा, महिला सह–सचिवमा निर्मला शर्मा, कोषाध्यक्षमा तिर्थराज बोहरालाई अधिवेशानले सर्वसहमत चयन गरेको थियो । त्यसैगरी सदस्यहरुमा नरेश राना, सरोज वली, नवराज शाही, ज्योतिखर शर्मा, रेशम खड्का र बिष्णु नेपालीलाई अधिबेशनले चययन गरेको थियो ।

 

विशेष