पाँच वर्षीय भाइकै अगाडि मध्यरातमा दिदी बलात्कृत
वीरगन्ज । पर्साको पटेर्वासुगौली गाउँपालिकामा एक किशोरी आफ्नै घरमा आफ्नै भाइको अगाडि बलात्कृत भएकी छन् । पटेर्वासुगौली गाउँपालिका ३ शंकर सरैयाको सखुवनिया गाउँकी १४ वर्षीया किशोरी बलात्कृत भएकी हुन् ।
उनकी आमा भारतको धनकुटुवामा रहेको माइती घरमा गएको मौका पारी छिमेकी ३५ वर्षीया दयानन्द राउत थारुले किशोरीमाथि बलात्कार गरेका हुन् । बिहीबार राति किशोरी बलात्कृत भएपनि शनिबार आमा फर्केपछि मात्र घटना सार्वजनिक भएको हो । किशोरीका बाबुको भने चार वर्ष पहिले नै निधन भइसकेको छ ।
पीडित किशोरीका अनुसार, बिहीबार राति घरमै सुतेका बेला टाटी फोडेर थारु भित्र पसेका थिए । त्यसपछि थारुले मुख थुनेर जबर्जस्ती बलात्कार गरेको पीडित किशोरीले बताएकी छिन् ।
किशोरीमाथि बलात्कार भइरहेका बेला उनका पाँच वर्षीय भाइ पनि सँगै थिए । भाइले होहल्ला गरे पनि रातिको समयमा छिमेकीले नसुन्दा थारु भागेको उनले बताइने बताइन् ।
पीडित किशोरीले बलात्कारबारे आमालाई बताएपछि प्रहरीले आरोपित थारुलाई उनको घरबाट पक्राउ गरेको छ । आरोपित थारुलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान भइरहेको पर्साका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले जानकारी दिए ।